धनुषा देखि भारतसम्म रेल सञ्चालन

पुष २५, २०७८ । शनिबार धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेलको सफल सञ्चालनमा परीक्षण हुने बताइएको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयसम्म थन्किएको भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला शनिबार परीक्षण गरिएको जानकारी पाइएको छ ।

विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरेर राखिएको बताइएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले पार्किङ गरेर राखिएका रेलको शनिबार परीक्षण गरिएको जानकारी गराइएको छ ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतका टोलीलाई चढाएर रेलको परीक्षण गरिएको बताइएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले अब चाडै नै रेलको सफल परीक्षण पश्चात सेवा समेत सुचारु हुनेमा कुनै शंका नरहेको जानकारी गराए ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *