डा.बाबुराम पोखरेलको श्रद्धान्जली सभा

निकेतन फाउण्डेशनका संस्थापक स्व.डा बाबुराम पोखरेलको चौथो वार्षिक स्मृति सभा तथा सम्मान कार्यक्रम २०७८/०९/२३ गते सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट विभिन्न सम्माननिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पर्यटन तथा संस्कृति मन्त्रि दिपेन्द्र श्रेष्ठ मुख्य आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम चार वटा विधामा पुरस्कृत गरियो ।

सो कार्यक्रममा शिक्षक, शिक्षिका एवं स्व.डा बाबुराम पोखरेलको धर्मपत्नी शिक्षा विद् उर्मिला श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सम्मान हुनेमा शिक्षामा प्रा.डा. सुरेन्द्र भक्त्त प्रधानाङ्ग , पत्रकारितामा प्रकृति अधिकारी, धर्म संस्कृतिमा ब्रहम कुमारी सती देवी राई, समाजसेवामा (सुमित्रा कडरिया खरेल रहेका थिए ।

यस कार्यक्रमको स्वागत मन्तव्य डा.बबिन पोखरेलले गरेका थिए भने उनले समाजको तर्फबाट माया ममता फाउन्डेसनलाई १ लाख १ हजार नगद र विशेष सम्मान पत्र समेत प्रदान गरेका थिए ।

यस कार्यक्रमा डा.युबन पोखरेलले धन्यवाद ज्ञापन दिदै समाजका तर्फबाट कक्षा ११ र १२ का गरिव तथा जेहेन्दार पांचजना विद्यार्थीहरूलाई छात्रवृति समेत प्रदान गरेका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको पुरानालाई सम्मान अनि नयालाई हौसला प्रदान गर्ने एक कार्यक्रम रहेको पनि देखियो । यस कार्यक्रम मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पढ्नको लागि छात्रवृति दिनु पनि एक सामाजिक काम रहेको यस कार्यक्रममा उपस्थित व्यक्तिहरुले बताएका छन् ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *