त्यो रिक्सा वाला र चेञ्ज मेकर्स मेरी आमा : फरक प्रसंग फरक विचार

आफनो ड्युटी सकेर घर फर्किदै गर्दा घरको ठुली गल्ली को छेउमा कहिले नदेखिएका एक किशोरलाई खाली भुईमा एउटा कागजको टुक्रा ओछयाएर सुतेको देखिन आमाले । को होला कसको छोरा होला यस्तो जाडोमा बिना ओढ्ने सुतेको फतपताउंदै आमा घर माथि उक्लनु भो । भोली पल्ट विहान पानी लिन धारा तिर जाँदा ती किशोर त्यहा थिएनन् । उ सुतेको कागजको टुक्रा भने ठडयाएर राखिएको थियो । बेलुका फेरी त्यो युवक सुतेको देखिन आमाले । केही दिन त्यसरी नै क्रम चली रह्यो ।

ती किसोर को थिए कसैलाई मतलव थिएन । न्युरोड त्यसै पनि व्यस्त, काठमाडौको मुख्य बजार भनौं, काठमाडौ राजधानीकको मुटु, आँखा, आत्मा जे भनौ । सव व्यस्त । अझ काठमाडौ बाहिरका आउने जाने, सुन चांदीको कारोबार, गहना किनबेच, नर्या डिजाइनका कपडा,मेकअपका सामान, गुँडपाक मिठाई आदि सर्वत्र कुरा किन्न पाइने बजार नयाँ सतक, न्हु सतक जे भन्नुस ।

कतिको जीवन यापन हुने बजार, पार्टीका नेता, दरवारियाका विशेष भेटघाट स्थल, माइसपमा लुगा धुन होस वा संकटा होटलका हलवाईकोमा तातो तातो जेरी, माल्पुवा आलु केराउको तरकारीको लुत्फ उठाउन आउने होस, सवका रमाइलो न्युरोड, हाम्रो न्युरोड हाम्रो न्हु: सतक । त, दिनमा पनि ती युवक त्यसरी नै सुतेर वस्थे । मीन पचासको विदा दिनहरु हामी घ्वाँई कासा, तेलकासा, खिप: खेल्दै विताउंथ्यौं । त्यो फोहरी केटोको होला हामी नानीहरु बीच कौतुहल हुन्थ्यो । त्यो केटो फोहरी भए पनि गल्ली तिर आएर फोहर गरी दिनेहरु भने भएन फरक । त, त्यो केटो विहान भरी गायब रहने र दिउँसो र राती सुतेको देख्ने क्रम केही दिन रह्यो । एक दिन शनिबारको दिन त्यो केटो विहान पनि सुतेको देख्नु भो आमाले ।

आमाले ए बाबु तिम्रो घर कहाँ हो ? किन यहां बसेको भनेर सोध्नु भो । उमेरले १५ वा १६ जति लाग्ने त्यो केटोले आफु गाउँ बाट भागेर काम खोज्न आएको तर काम नपाएको बतायो । सौतेनी आमाले दु:ख दिएको र बाबु पनि पोहर मात्र खसेको कारण सौतेनी आमाको कारण काठमाडौ भागेर आएका उनी विहान विहान मन्दीरहरु तिर मागेर खाने गरेको बतायो । त्यो दिन उसलाई ज्वरो आएकले माग्न जान नसकेको पनि बतायो । हाम्री आमा, आमा मन त हो । दिदीलाई जाउलो पकाई दे भनि अह«ाउंदै मलाई सितामोल किन्न पठाउनु भो । त्यो दिन उसले हाम्रो घरको जाउलो र ओखती खायो र एउटा पुरानो कम्बल पनि पायो । उमेरका कारण होला त्यो ठिटो भोली पल्ट नै चंगा भो । अफिसबाट फर्के पछि आमाले उसलाई दुई रुपैंया हातमा राख्र्दै “ल अब देखि मागेर नखाउ, काम गरेर खाउ, काम खोज्न जाउ” भन्दै छेउमै रहेको हजाम पसलका ठाकुरजी ( उहाको नाम बिर्से उनैकि दुई छोरी रमावति र शोभावती मेरो ्बाल्यकाला खेल्ने दौंतरी, अहिले कहाँ कुन अवस्थामा छन् थाहा छैन ) लाई “यो केटोको कपाल काटी दिनुस, म पैसा दिन्छु” भन्दै माथि उक्लनु भो । कपाल काटेपछि त्यो फोहरी केटो सफा केटो बन्यो । त्यो साँझ पछि त्यो केटो देखएन पनि । “दुइ रुपैंया के गर्यो होला,हगी दाई ?” म र दाई कुरा र्गथ्यौं बच्चा मन । त, त्यसपछि त्यो केटो देखिएन । एक दिन आमा स्वन्तीको किनमेल गरेर असनबाट फर्किंदै हुनुहुन्थ्यो ! हातमा स्वन्तीमा बाल्ने पाला, चढाउने भोगत्या, त:सी देखि सर्वजात सामग्री सकी नसकी बोकेर हिंडडै हुन्थ्यो । पछिपछि म थिएं ।

सानोसानो सामान बोकेर म आमाको पाईला पछयाउंदै भिडमा छिटटो छिटो हिड्दै थिएं । छुटला भन्ने डर त थिएन किनकी न्युरोड वंघ:,अशं :चोक, जनबहाल त मेरो पानी पंधेरो टोल, अर्थात खेल्ने कुद्ने बजार – सतक । मात्र डर आमा छुटिन भने घर बाहिरको चुरोट पसलमा पाँच पैसामा पाइने पिप्लामेट र बीस पैसामा पाइने “खाजा विस्कुट” किनि माग्न नपाइएला भन्ने । जनबहाल चोक बिचो बीच पुग्दै गर्दा अचानक दिदी दिदी भन्दै कसैले पछाडीबाट बोलायो । आमा र मैले फर्केर हेर्दा त उही फोहरी दाई विल्कुल नयाँ कपडामा रिक्सा चलाउंदै ।

अरे यो रिक्सा कहाँबाट आयो बलसुलभ प्रश्न मेरो मनमा । “योम्मा:सा का , बाबु तिमी ? काँ गएको नि, आमाको प्रश्न । हजुरले काम खोज भन्नु भएको थियो, कपाल काटेपछि पर हिमालय स्कुल नजीकैको धारामा नुहाउन गएं अनि संकटा होटलमा तपाईले दिनु भएको पैसाले सिंघडा र चिया खाँदै थिएं एक जना साहुजीले “तं त्यो गल्लीमा अस्तिअस्ति सुतेर बस्ने केटा होईन ?” भनेर सोध्नु भो मैले हो भने । अनि काम गर्छस भनेर सोधे । अहिले यो रिक्सा चलाउँछु, एक टयाम भात दिन्छ साहुनीले तल छिंडीमा गोदाममा एउटा कोठामा सुत्न दिएको छ । साह«ै दयालु साहुजी । घर छेउ पुगेर क्सिा बाट सवै सामान बोकेर बैग: सम्म पुर्याइ दियो उसले, भाडा पनि लिएन अनि मलाई दियो दुई रुपैयां कडककडक बिल्कुल नैयाँ नैयाँ नोट “पिप्लामेट खाउ है नानु” भन्दै । आमा पर्दैनपर्दैन भन्दै हुनुहुन्थ्यो ।

जाने बेला “राम्रो संग काम गर है बाबु, इमान्दार बन,चोर्ने ढाँटने काम नगर, मागे देश पाइन्छ, मान्छेको हातमा पर्यो तिमी” भन्दै विदा गर्नु भो त्यो फोहरी केटो बाट रिक्सावाल बनेका दाईलाई आमाले । त, मेरी आमालाई म चेञ्ज मेकर्सको रुपमा दरिएको देखेको त्यो दिन विशेष याद गरें आज । एउटा गाँउले केटो, काठमाडौमा जीवन खोज्दै गन्तव्यका लागि भौतारी रहेको थियो । न्युरोड, जहाँ धनीहरुको बसोवास हुने मुख्य सडक शहर ।

मेरी आमा आफैले घर धान्नु पर्ने, मेहनत गर्नु पर्ने, पुष – माघ महिनाको कठयाँग्रो, जाडोमा नानीहरुलाई तातो सिरकले लुटुपुटु पारेर थर्मसमा चिया र रिकापीमा खाजा छोपेर कहिले विहानै कहिले साँझ बेलुका सम्म काम गरेर नानीहरुलाई हुर्काउनु पर्ने अवस्था, उनको नजर त्यो केटोमा कसरी पर्यो कुन्नी तर एउटा गाँउले किसोरको राम्रो जिवन शुरुवातका लागि माइल स्टोन बनिन मोरी आमा । मानन्धर थरका एक व्यापारीकोमा काम गर्र्ने अवसर पाए उनले,कम्तीमा मन्दीरमा मागेर खानु परेन । त्यसैले मेरी आमा “अ चेञ्जमेकर, दि Great होइनत ?

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *