गायक सुनिल लामाको जापनिज रेष्टुरेन्ट Sushi 24 hours संचालनमा

काठमाडौँ – लोकप्रिय गायक, प्रस्तोता तथा युवा ब्यबसायी सुनिल लामाले नयाँबजारमा जापानिज रेष्टुरेन्ट Sushi 24 hours संचालनमा ल्याएका छन्। खानाको पारखीहरुको लागि स्वादिष्ट’ हाइजेनिक अन्तराष्ट्रिय स्तरको जापानिज खाना सुसी नेपाली तथा पर्यटकको लागि एउटा गन्तब्य बनेको छ । यो रेष्टुरेन्ट स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

सुसी जापानको खास परिकार हो। विश्वकै मेनुमा यो खान्की समेट्न थालिएको छ । भिनेगर अर्थात अम्लिय चामलमा अन्य खानेकुरा जस्तो कि, समुन्द्री परिकार, सब्जी, मासु, फलफूल मिसाइएको हुन्छ । बिशेषगरी सुसी, ससिमी, माकी तेमाकी बनाउँदा साल्मोन फिस, टुना फिस, प्राउन, कटल फिस, हामुर माछा, रेड स्न्यापर माछा, अक्टोपस, गंगाटा, स्क्वीड लगायत सामुन्द्रिक झार र सुसी चामल प्रगोग गरिन्छ । यसमा सोय सस, वासबी र अदुवाको अचारको प्रयोग गरिन्छ । अधिकांस सुशी चिसो सर्ब गरिन्छ र काँचो सामुन्द्रिक जीवहरुबाट तयार पारिन्छ । नेपालमा भने भेज सुसी समेत प्रचलनमा छ । सामुन्द्रिक जीव र तरकारीहरु राखेर तुरुन्त खाने सुशी स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । यस्ता सुशीले तौल घटाउनुका साथै क्यान्सरबाट जोगिन समेत मद्दत गर्छ । यसले रगतका कोषहरु बढाउन र मस्तिष्कलाई तन्दुरुस्त राख्नमा पनि भूमिका खेल्छ ।

जापानिज खाना सुसीको आकर्षण बिश्वभरि बढिरहेको बेला ब्यबसायी सुनिल लामाले बिसेष गरि सर्बसाधारणहरुको लागि कम मुल्यमा अन्तराष्ट्रिय स्तरको स्वाद पस्किएका छन्। रेष्टुरेन्टलाइ फ्रेन्चाइज गर्दै देशभर शाखा खोल्ने तयारीमा रहेका लामाले मुलुक भित्रनै रोजगारीको सिर्जना गर्दै आर्थिक बिकासमा टेवा पुर्याउने बताए।

‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी सञ्चालक सुनिल लामाले गराए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । Sushi 24 hours खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लामाको रहेको छ। चौबिसै घण्टा फुड डेलिभरीको समेत ब्यबस्था रहेको उक्त रेष्टुरेन्ट बर्थडे पार्टि, गेट टुगेदर, भेटघाटको लागि उत्कृष्ट गन्तब्य बनेको छ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *