नेपाली बजारमा नक्कली सामानको विगविगी, विरगञ्जमा प्रहरीद्धारा लाखौंको नक्कली Suryaflame Gas Stove बरामद

तपाँई सामान खरिद गर्दै हुनुहुन्छ भने तपाईले पहिले बुझ्ने वा सोध्ने पहिलो प्रश्न हो – कुन हो वा कुन ब्राण्डको हो यसको अर्थ हुन्छ सामानको गुणस्तरको लेभल कति छ ? त्यसरिनै आफ्नो विश्वसनियता को लागि उद्योगिले बर्षाैँ लगानी गरेर आफ्नो ब्राण्ड बनाएको हुन्छ । सामान उत्पादन गर्दा क्वालिटीमा मुल्य खर्च गरि ब्राण्ड बनाईन्छ । तर केहि नक्कली कारोबारीले उत्त ब्राण्डको लोगो विना अनुमति प्रयोग गर्दै कमसल सामान उत्पादन र विक्री गरी ब्राण्डको विश्वसनियतामा खलल पु¥याउँछन भने कमशल सामान बेचेर ग्राहकलाई धोका समेत दिन्छन् । चुरोट, रक्सी, कपडा, मोवाईल, लगायत विभिन्न सामानहरुको नेपाली बजारमा धेरै नक्कली सामानको कारोबार हुने गरेको छ ।
यसैविच प्रहरिले हिजो बिरगञ्जबाट केहि नक्कली सामान बरामद गरेको छ । विरगञ्जको एक गोदाममा प्रहरीले छापा मार्दा सुर्यफ्लेम नामक चर्चित ब्राण्डको नाममा लोगो प्रीन्ट गरि कमसल ग्याँस चुलो उत्पादन गरि बजारमा बर्षौं देखि बेचेको र हाल पनि पठाउन लागेको सुराकिको आधारमा प्रहरीले गोदाममा छापा मारि बरामद गरेको छ । उक्त सामानको डिटेल्र रिर्पोट भने आउन बाँकि रहेको छ ।
तपाँई पनि कुनै सामान तोकिएको आधिकारीक मुत्य भन्दा निकै कममा पाउनुहुँदै छ भने तपाँईले एकपटक सोच्नुपर्ने हुन्छ कि यो ब्राण्ड हो या कमशल नक्कली सामान । पक्राउ पछि नक्कली कारोबारीलाई नेपाल सरकारको नियम बमोजिम कारबाहि र सामानको विगोबराबर जरिवाना हुनेछ ।

नेपाली र विदेशी बजारमा गरी ५०० भन्दा बढि यसैको नाम जोडेर बनाईएका नक्कली ब्राण्डहरु रहेको सुर्यफ्लेम को ओरिजीनल कम्पनिले भने २ बर्षको फुल वारेन्टी र अर्काे २ बर्ष पार्टसहरुको वारेन्टी दिनेको गरेको छ ।

अन्य ब्राण्डको तुलनामा सुर्यफ्लेम ग्याँस चुलो प्रयोग गर्दा खाना छिटो पाक्ने,१५ प्रतिशत सम्म ग्याँस कम खपत गर्ने, भाडा फोहोर नहुने, ISI अनुसार Minimum 60% Thermal Efficiency हुनुपर्नेमा 68.5% Surya Flame को Stove ma छ। यसको अर्थ हुन्छ, ग्यासलाई बल्दा त्यसले कति प्रतिशत हिटमा convert गर्छ भन्ने हुन्छ । यो World मै No.1 Thermal Efficiency भएको ग्याँस चुल्हो भएको कम्पनिले दावि गर्दै आएको छ ।

विगत चालिस बर्ष पुरानो ईण्डीयाको सबैभन्दा बढि पपुलर सुर्यफ्लेम ग्याँस चुलो लाई नेपालमा गोल्मा कम्पनि प्राईभेट लिमिटेडले आधिकारीक वितरण गर्ने गरेको छ । काठमाडौँ, विरगञ्ज लगायत विभिन्न ठाँउमा यसको नक्कली उत्पादन भैरहेको प्रहरिले फेला पारेको छ साथै ग्राहकले नझुक्कनको लागि गोल्मा कम्पनिको क्युआर कोड भएको स्टीकर हेरेर लिँदा मात्र सक्कली पर्ने गोल्मा कम्पनिले जनाएको छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *