ग्लैमरस फोटोग्राफर कुबेर तामाङको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक(भिडियो सहित)

गायक रक्की लामाको नयाँ गित ‘जुन जस्तै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल अफ्सान तामाङ, शुष्मा तामाङको अभिनय रहेको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित ग्लामरस फोटोग्राफर कुबेर तामाङले निर्देशन गरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ ।

गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ । भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *