तरुण विभाग द्धारा साफ च्याम्पियनसीप उपविजेता नेपाली टिमलाई सम्मान

काठमाडौं – माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले आज नगदसहित सम्मान गरेको छ । नेपाली कांग्रेसको तरुण विभागद्धारा साफ च्याम्पियनको उपविजेता नेपाली टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । तरुण विभागले तरुण दलको ६८ औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा सम्मान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा खेलाडीलाई नगद १०/१० हजार र अफिसियल टिमका लागि ५/५ हजार पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले सरकारको तर्फबाट खेलाडीहरुले उच्च सम्मान रहेको बताए ।

‘खेलाडीहरु राष्ट्रका गहना हुन् उनीहरु प्रति हाम्रो उच्च सम्मान छ’ गृहमन्त्री खाँणले भने । साफ च्याम्पियनमा नेपाली फुटवल टिमले गरेको प्रदर्शन निकै उत्कृष्ट रहेको समेत गृहमन्त्री खाँणको भनाई थियो । तरुण युवाहरु मुलुकको सिपाही भएको हुँदा मुलक र संविधानको रक्षाका लागि सधै प्रतिवद्ध भएर लाग्नुपर्नेमा समेत गृहमन्त्री खाँणले जोड दिए । सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

सोही अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालको सान र मान राख्ने हिसाबले नेपाली खेलाडीहरुले खेल प्रदर्शन गरेको बताए । भण्डारीले देशको सान र मान राख्ने हिसाबले खेल प्रदर्शन गर्ने खेलाडीहरुको राज्यले उच्च सम्मान गर्नुपर्ने जोड दिए । खेलाडीहरुको मनोवल उच्च बनाउने नीति तथा कार्यक्रम सरकारले ल्याउनु पर्नेमा भण्डारीले जोड दिए ।

खेलाडीहरुको योगदानलाई कांग्रेस पार्टी र तरुण विभागले सँधै उच्च सम्मान गर्ने समेत भण्डारीले बताए । कार्यक्रममा बोल्दै एन्फका अध्यक्ष कर्मा छिरिङ शेर्पाले २८ बर्ष पछि नेपाली फुटबल टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । खेलाडीहरुलाई सम्मान गर्ने क्रम सुरु भएकोमा अत्यन्त खुशी लागेको समेत अध्यक्ष शेर्पाको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनले समेत आफ्नो धारणा राखेका थिए ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *