पछिल्लो समय नागरिकसामु पत्रकारिताको विश्वास गुम्दै गएको छ

मिरा राजभण्डारी (अमात्य) सञ्चारकर्मी तथा समाजसेवी

काठमाडौंको प्यूखामा जन्मिएकी मिरा राजभण्डारी (अमात्य) सञ्चारकर्मी तथा समाजसेवी हुन्। उनी जनजाति पत्रकार महासंघ काठमाडौंको जिल्ला अध्यक्ष हुँदै नेपाल पत्रकार महासंघको लेखासमिति समेत हुन भ्याइन्। सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति दत्तचित्त भएर लाग्ने उनी पत्रकारिता क्षेत्रको इज्जत घट्दै गएकोमा चिन्तित छन्। उनै अमात्यसँग पत्रकारितासँग केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको पढाइलेखाइ कसरी सुरु भयो ?
श्रीपञ्चमीको दिन पारेर बुबाले सुरु गराउनुभएको हो। जुन दिन मेरो जन्म दिन पनि हो। सोही दिनबाट बाह्रखरी सिकाउन सुरु गराउनुभयो।

दाजुभाइ दिदीबहिनी कति हुनुहुन्छ ?
मेरो दाइ एकजना र दिदीहरु दुईजना हो। म सबैभन्दा कान्छी हुँ।

दिदीहरुको पढाइ कस्तो रह्यो ?
हाइस्कुल लेभल पास गर्नुभएको छ । त्यसपछि विवाह भयो । दुवै दिदीहरु सरकारी जागिरे हुनुहुन्थ्यो। अहिले रिटायर्डर भइसक्नुभयो। मभन्दा दिदीहरु धेरै मेहनती हुनुहुन्थ्यो । किन भने सरकारी जागिर खान कम मेहनतले हुँदैनथियो । म बरु कान्छी भएकाले त्यति धेरै काम गर्नुपर्दैन थियो ।

तपाईंले चाहीं उच्च शिक्षा हासिल गर्ने प्रेरणा कोबाट पाउनुभयो ?
मलाई आज यो ठाउँसम्म ल्याइपु¥याउने, पढ्नलाई हौस्याउने मेरो आमा नै हो । दिदी दाइलाई पनि पढाउन खोज्नुभएको हो । तर, त्योबेलाको परिस्थिति छिट्टै विवाह भयो । त्यसपछि व्यवहारिक हुनुभयो। पढाइलाई स्कुलभन्दा माथि बढाउन सक्नुभएन ।

तपाईंले पढाइलाई कहाँसम्म पु¥याउनुभयो ?
मैले पद्मकन्या कलेजबाट ब्याचलर सकेकी सकेँ । त्यसपछि विवाह भयो । छोरा, छोरी पनि भए । उनीहरुको हेरचाह गर्नुपर्ने घरमै बस्दा दिक्क लागिरहेको थियो । त्यसपछि मिडिया प्वाइन्टमा पत्रकारिताको ट्रेडिङ खुल्यो । त्यसमा मेरो रुचिपनि भएकाले त्यतातिर लागेँ । दिनमा दुई घण्टा तालिम हुन्थ्यो । त्यसबेला तालिम दिने श्रीराम सिंह बस्नेत र अर्जुन विष्ट सर हुनुहुन्थ्यो । उहाँहरुले नै मलाई पत्रकारिता सिकाउनु भएको हो ।

दिदीहरु सरकारी जागिरे तपाईंले पत्रकारिता किन रोज्नुभयो ?
मिडिया भनेको स्पोजर पेशा । थोरै लेखेपनि नाम आउने । अनि ज्ञान पनि बढ्ने । त्यसबेला प्रिजेन्टेसन गर्नुपथ्यो । ‘पत्रकारितामा महिला’ भनेर पहिलो रिसर्च पनि मैले त्यहींबाट गरेकी हुँ । अनि श्रीराम सर र अर्जुन विष्ट सरको प्रेरणाले पनि मलाई थप अध्ययन गर्न प्रेरित ग¥यो । तर घरको आर्थिक अवस्थाले गर्दा जागिर खानुपर्ने वाध्यता थियो । जागिर सुरु गरेँ । जागिर खाँदाखाँदै मैले पत्रकारितामै डिग्री ज्वाइन गरेँ । मैले २०५८ सालमा पत्रकारितामा एमए गरेकी हुँ ।

कतिसालबाट पत्रकारिता सुरु गर्नुभयो ?
मैले पत्रकारिता २०५५ सालमा समाचारपत्र दैनिकबाट सुरु गरेकी हुँ । त्यहाँ मेरो लेखनमा नाम निस्किएको थियो। अन्तर्वार्तामा वेटिङ लिष्टमा परेकी थिएँ। मेरो अन्तर्वार्ता पुष्करलाल श्रेष्ठको बुबा भरतलाल श्रेष्ठले लिनुभएको थियो। कान्तिपुरबाट इन्टर्न सकेर बसेकी थिएँ। वेटिङ लिष्टमा परेकी भएपनि रिपोर्टिङको काम गर्न पाएँ। त्यसपछि फेरि इन्जिनियरिङ काउन्सिलमा काम पाएँ। अनि पत्रकारिता छोडेर जागिरतिर लागेँ। त्यहाँ जागिर खान जाँदा पत्रकारिता भन्दा प्रशासनको काम बिलकुलै फरक हुनेरहेछ। पत्रकारिता गर्दा स्वतन्त्र जीवन बिताएको त्यहाँ हाकिमहरुबाट अलि डोमिनेट भएको जस्तो फिल हुँदो रहेछ। तर, बिस्तारै पचाउँदै गएँ। इन्जिनियरिङमा प्रशासनको जागिर ७ वर्ष खाएँ।
टिपिकल नेवार समुदायमा जन्मिएर  पत्रकारिता र समाजसेवामा कसरी लाग्नुभयो ?
यसमा मेरो आमाको ठूलो हात छ । बुबा म ६ वर्षको हुँदै बित्नुभएको हो । त्यसपछि आमाले आफ्नो गाँस काटेर भएपनि हामीलाई पढाउनुभयो । बुबा स्वर्गे भएपछि आमालाई आर्थिक संकटले एकदमै गाह्रो भयो रे । अनि उहाँले अर्काको घरमा ढिकी, जाँतो गर्ने, लुगा धुने काम गरेर मलाई पढाउनुभएको हो । उहाँलाई आफ्नै भान्जी बुहारीले रातको १० बजेसम्म लुगा धुन लगाउथिन् रे । त्यो देखेर भान्जाले चाहीं श्रीमतीलाई रातको १० बजिसक्यो । अब माइजुलाई घर पठाइदेऊ भन्थे रे । मेरो आमा जति दुःख भएपनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्छे हो । दाइ चाहीं आफै पढ्न मन गर्ने । मलाई पढ्न एकदमै चाख लाग्ने । मलाई त बिहे हुनुअगाडि दुःख भनेको के हो ? थाहै थिएन ।

तपाईंहरुका पालामा कस्ता परिवारका छोरीहरु पढ्न आउँथे ?
त्यतिबेला अहिलेको जस्तो महंगा प्राइभेट कलेजहरु थिएनन् । पद्मकन्या कलेजमा हामीसँग पढ्न मन्त्री, राजाका छोरीहरु देखि सामान्य परिवारकासम्म आउँथे । उनीहरु महंगामहंगा साडी, प्लाउज, चप्पल, जुत्ता लगाएर लगाउँथे । हामीहरु भने सामान्य चौबन्दी चोलो, साडी र जाली चप्प लगाएर कलेज जान्थ्यौं ।

नेवारी समुदायमा छोरीचेली घरैमा बस्नुपर्छ भन्ने चलन थियो पढ्न कसरी सम्भव भयो ?
पुरानो नेवारी समुदायमा जुनखालको चलन थियो, त्योभन्दा फरक जीवन हामीलाई आमाले दिनुभयो । उहाँ आफ्ना रिलेटिभकोमा आपूm पनि कहिल्यै जानुभएन र हामीलाई पनि जान दिनुभएन । जसले माया गर्छ, मोटिभेसन गर्न त्यहाँ मात्रै जान दिनुभयो ।

तपाईंंको बुबा के गर्नुहुन्थ्यो ?
मेरो बुबा पनि सरकारी जागिरे हुनुहुन्थ्यो । उहाँ जोगमनी भन्सारको अफिसर नै भएर काम गर्नुभएको हो । उहाँ एकदमै हक्की स्वभावको हुनुहुन्थ्यो । आपूm पनि भ्रष्टाचार नगर्ने, अरुलाई गर्न नदिने । उहाँको त्यो स्वभावले भष्टाचारीहरुलाई गाह्रो भयो । अनि उहाँलाई जागिरबाटै निकालिदियो । उहाँलाई निकाल्नुपर्ने कारण चाहीं भारतबाट चोरीनिकासी गरेका सामान पक्रिदिएको । माथिदेखि तलसम्मको सेटिङ हुँदोरहेछ । त्यो कुरा मेरो बुबालाई थाहा भएन । म यहाँको हाकिम हो त्यसैले इमान्दारपूर्वक काम गर्नुपर्छ भनेर लाग्नुभयो । भष्टाचार गर्नेहरुलाई त्यो कुरा पचेन । मेरो बुबा त इमान्दारपूर्वक जिम्मेवारी निर्वाह गर्दा जागिरबाट हात धुनुप¥यो । त्यसकारण त्योबेलाको साधन, स्रोत, सुविधा अनुसार मेरो परिवार शिक्षितै भन्नुपर्छ ।

अध्ययनलाई टुंग्याउनुभयो कि अगाडि बढाउँदै हुनुहुन्छ ?
पीएचडी गर्ने तयारीमा छु । प्रपोजल बुझाइसकी छु । एमफिल पनि सकियो । प्रेस फ्रिडमसम्बन्धी किताब पनि लेखिसकेकी छु । मास्टर्स र एमफिलको थेसिस प्रेस फ्रिडमसम्बन्धी थियो । त्यसैलाई कम्पाइल गरेर किताब प्रकाशित गरेकी हुँ ।

त्यो बुकमा कस्ता विषयवस्तु समेटिएका छन् ?
विशेष गरी शान्ति सम्झौतापछि प्रेस फ्रिडमको अवस्था कस्तो रह्यो त ? भन्ने विषयमा केन्द्रित रहेर बुक प्रकाशित गरेकी छु । त्यसबेला द्वन्द्वरत माओवादी र राज्यपक्ष अन्तर्गत आठ दल मिलेर शान्ति सम्झौता गरेका थिए । त्यसमा द्वन्द्वरत माओवादी र राज्यपक्षबाट प्रेसलाई नछुने अथवा, आक्रमण गर्ने स्वतन्त्र राख्ने भन्ने सम्झौता भएको थियो । तर, मेरो रिसर्चले त्यो हनन् भएको देखायो । अहिलेसम्म कायमै छ । जति आचार संहिताको रटान दिएपनि राज्यबाट प्रेसजगत दबाब र प्रभावमा परिरहेको छ ।

प्रेस जगतले चाहीं आचार संहिता पालना गरेको छ त ?
संस्थागत रुपमा व्यवसायिक पत्रकारिता गरेर आएका संस्थाहरुले आचार संहिता पालना गरेका छन् । जुन मिसन पत्रकारिता होस् अथवा व्यवसायिक पत्रकारिता होस् उनीहरुबाट राज्यले तोकेको आचार संहिता पालना भएको देखिन्छ । तर, पछिल्लो समय केही युट्यूब च्यानल, अनलाइनहरुले आचार संहिता उल्लंघन गरेको देखिन्छ । त्यसले गर्दा प्रेसको छवि नागरिक र राज्यबीच राम्रो देखिएको छैन ।

अन्य विषय पनि थिए, प्रेस फ्रिडम नै चाहीं किन रोज्नुभयो त ?
मैले प्रेस फ्रिडम नै किन रोजेँ भन्दा २०६६/०७६ सालमा सीआईजेले एउटा फेलोसिप निकालेको थियो । जब नेपाल इन्जिनियरिङ काउन्सिलले मलाई जागिरबाट निकाल्यो । त्यसपछि जनआस्था साप्ताहिकको ‘आफ्नै कथा आफ्नै व्याथा’ भन्ने स्थम्भमा मेरो स्टोरी छापिएको थियो । त्यो स्टोरी देखेपछि मलाई किशोर श्रेष्ठले मलाई ‘यो तपाईंले लेख्नु भएको हो ?’ भन्नुभयो । मैले हो भनेँ । त्यसपछि उहाँले जनआस्थामा ठाउँ दिनुभयो । मेरो जनआस्थामा इन्भेष्टिकेटिभ रिपोटिङहरु छापियो । त्यो पशुपतिको समाधिको विवाद, नेपालमा सरणार्थीको समस्याका बारेमा राम्रा, राम्रो स्टोरीहरु छापिएका थिए । त्यसताका सीआईजेले फेलोसिप निकालेको थियो । त्यतिबेला म जनजाति पत्रकार महासंघ काठमाडौंको सचिव थिएँ । विनोद भट्टराई जनजाति पत्रकारहरुलाई तालिम दिन आउनुभएको थियो । उहाँसँग मैले ‘मलाई कतै फेलोसिपहरु मिलाइदिनु न भनेको थिएँ । त्यसको केही दिनपछि उहाँले मलाई ‘मिराजी सिआईजेले फेलोसिप दिँदै छ । तपाईंलाई चाहना छ भने ट्राई गर्नु भन्नुभयो । त्यहाँ मैले एप्लाई गरेँ । त्यसको कोअडिनेटर सुरेश आचार्य हुनुहुँदोरहेछ । उहाँले मलाई बोलाएर मिरा अमात्यलाई त कसैले चिन्दैन । भरखरको फ्रेस पत्रकार इन्भेष्टिगेटिभमा फेलोसिप माग्नुभएको छ । तपाईंको सबैले विरोध गरिरहेका छन् भन्नुभयो । मैले पत्रकारिता त पहिलादेखि नै गरिरहेको हो । अहिले प्रशासनिक क्षेत्रमा गएर ग्याप भएको हो भनेँ । त्यसपछि मैले त्यो फेलोसिप पाएँ । अनि मलाई कुन विषयमा गर्नुहुन्छ ? भनेर सोध्नुभयो । मैले शान्ति सम्झौतापछि प्रेस फ्रिडमको विषयमा गर्छु भनेँ ।

त्यसपछि त्यो फेलोसिप पाउनुभयो ?
त्यसपछि उहाँले प्रेस फ्रिडम चाहीं किन भनेर सोध्नुभयो ? मैले ‘विद्रोही पक्ष माओवादी र राज्य दुवैले प्रेसलाई स्वतन्त्र राख्ने । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् नगर्ने भनेर जुन बुँदा ३ र ५ मा कमिटमेन्ट गरिएको छ । त्यो अनुरुपको प्रेस स्वतन्त्रता अहिले छैन’ भनेँ । के आधारमा प्रेस स्वतन्त्रता छैन भन्न सक्नुहुन्छ ? भन्नुभयो, मैले २००६ जब शान्ति सम्झौता भयो । त्यसपछि धेरै पत्रकारहरु माओवादी र राज्यपक्षबाटै मरिए । त्यसैको आधारमा म रिसर्च गर्न चाहन्छु भनेपछि सुरेश दाइले मलाई त्यो फेलोसिप दिनुभयो । त्यसपछि मार्टिन चौतारीले पनि मलाई २५ हजारको फेलोसिप दियो । त्यो रकम मैले आधार जनजाति पत्रकार महासंघको पत्रकार राहत कोषलाई दिएँ, आधा जनप्रशासन क्याम्पसको बिल्डिङ बनिरहेकाले सहयोग स्वरुप दिएँ ।

 शिक्षा आर्जनको लागि शैक्षिक संस्था कि वातावरण ठूलो ?
वतावरण नै पहिलो कुरा हो । किन भने स्कूल, कलेज जति नै राम्रो भएपनि विद्यार्थीलाई पढ्ने वातावरण सही भएन भने प्रगति गर्न सक्दैन । स्कुल, कलेज मात्रै महंगो, राम्रो भएर हुँदैन । घरायसी वातावरण हुनुपर्छ । शैक्षिक संस्था त माध्यम मात्रै हो । अरु सबै वारिवारिक तावारण हो । मेरो लागि आमाले घरमा राम्र्रो वातावरण दिएकाले म पढ्न पाएँ । म छोराछोरी भएर कलेज पढ्दा उनीहरुसँगै किताब लिएर आपूm पनि पढ्न र उनीहरुलाई पढ्न प्रेरित गर्दथेँ । त्यो देखेपछि उनीहरुलाई पढ्नुपर्ने रहेछ आमा पनि पढिरहेको छ, भन्ने हुन्थ्यो । त्यसपछि मैले किताब लिएर बसेपछि बच्चाहरु पढ्न थाल्थे । त्यसैले पढ्नलाई पैसा, सुविधा, राम्रो कलेज मात्रै भएर हुँदैन । पढ्ने वातावरण ठूलो कुरा हो । त्यो एउटा असल परिवारले मिलाउन सक्नुपर्छ ।

तपाईंले बच्चा पढाउने धेरै संघर्ष गर्नुभयो, त्यसको प्रतिफल कस्तो पाउनुभयो ?
छोराछोरीबाट त्यसको प्रतिफल मैले राम्रो पाएँ । छोरीले एसएलसीमा डिस्टिङसन नै ल्याइन् । छोराले पनि त्यसकै हाराहारी नम्बर ल्यायो । छोरीले राम्रो कलेजमा नाम निकालिन् । उनलाई कलेज पढाउन एक रुपैयाँ तिर्नुपरेन । छोराले पनि राम्रो ग-यो । अहिले छोरी अमेरिकाको कलेजमा गोल्डमेडलिष्ट भएर नेपालको नाम राखेको छ । बायो केमेस्ट्रिमा गोल्ड मेडलिस्ट हो । सातवटा कलेजका सातजना विद्यार्थीमा नेपालबाट मेरो छोरी पहिलो हो । छोराले सबैभन्दा बेष्ट स्टुडेन्टको अवार्ड पाएको छ । यसरी मैले पहिला गरेको सर्घर्षको सही सदुपयोग भएको छ ।

 संघर्षका कुरा गर्नुभयो अहिले के गर्दैहुनुहुन्छ ?
अहिले म पीएचडीको तयारी गर्दै छु । त्यसको लागि नेपालको वावरणीय नीति र त्योसँग पत्रकारिताको कस्तो रोल छ भन्ने विषय रहेको छ । काठमाडौंको हेल्दी इन्भारोमेन्टको लागि बनाइने जतिपनि नीति तथा कानुनहरु छ । त्यसमा मिडियाको रोल हिजोका दिनमा के भयो, आज के हुँदै छ र भविष्यमा कस्तो हुनुपर्छ भन्ने छ । त्यसमा काठमाडौंको हेल्दी इन्भारोमेन्ट बनाउन पत्रकारिताले कस्तो रोल खेल्न सक्छ भन्ने छ ।
कति संघसंस्थाहरुमा आबद्ध हुनुभयो ?
जनजाति पत्रकार महासंघ सचिव हुँदै अध्यक्षसम्म भएँ । त्यसपछि नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटिमा लेखासमिति सदस्य भएर काम गरेँ । पत्रकार महासंघमा हुँदा समावेशी मुद्दालाई टुंग्याउने विषयमा धेरै काम गरेँ । पद सानै भएपनि समितिमा बसेर काम गर्ने मौका पाएकी थिएँ ।

 

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *