प्रधानमन्त्री देउवा आज प्रदेश १ को बाढीपहिरो निरीक्षणमा

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो र डुबानले देशै प्रभावित भएको छ । प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का जिल्लाहरूमा जाँदै छन्।

बाढीपहिरो तथा डुबानले पु¥याएको क्षतिको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री देउवा आज इलामलगायत प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरू जान लागेका हुन्।

देउवा सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। आज बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाललगायत मन्त्रीहरू पनि प्रदेश नम्बर १ को बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए। सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ।

केही दिन अघि बेमौसमी वर्षापछि आएको बाढी पहिरोमा परी देशभर सयौं जनाको ज्यान गएको थियो भने धानबालीमा नराम्ररी क्षति पुगेको थियो।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *