नायक नबराज श्रेष्ठ अभिनित “तिमी र म घूम्न” को म्युजिक भिडियो अमेरिकामा छायांकन सम्पन्न

अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसकोमा लोकप्रिय गायिका ईशा कार्की र गायक सागर लामाको नयाँ गित “तिमी र म घूम्न” को म्युजिक भिडियोको छायांकन भर्खरै मात्र सम्पन्न भएको छ। उक्त गीतमा संगीत, रचना तथा स्वर गायिका ईशा कार्कीकोनै रहेको छ भने उनलाई उक्त गितको म्युजिक भिडियोको कथा तथा सुटिङ्ग ब्यबस्थापन अमृत जंग कुँवरले गर्नु भएको छ।

“तिमी र म घूम्न” मा नायक नवराज श्रेष्ठ र गायिका इशा कार्किले अभिनय गर्नु भएको छ। त्यसैगरी भिडियोमा अन्य कलाकारहरु रन्जु पाण्डे, अमृत कुँवर, रेशम लाल गौतम, जेमस र पुरुशोतम रहेको छ। क्यमेरा, ड्रोन र एडिटिङमा रसोज श्रेष्ठ हुनु हुन्छ भने उक्त भिडियोको निर्देशन नवराज श्रेष्ठ र रसोज श्रेष्ठले गर्नुभएको छ। गीतको म्युजिक भिडियोलाइ तिहार आगाडीनै नेपाली गित संगीत पारखीको लागि सार्बजनिक गरिने कुराको जानकारी निर्माण पक्षले दिएको छ। हाल भिडियोको सम्पादन अमेरिकामानै भईरहेको छ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *