बडा दशैंको शुभकामना -गीतकार तथा निर्मात्री सावित्रा चिलुवाल

काठमाडौँ – नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।

दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ । दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर्धा भन्दापनि आपसी सहयोग र भाईचारा बढाउने रुपमा लिनु पर्दछ । अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन ।

तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धा होइन, सरल र सहज बनाउनु आवश्यक छ । बडा दशैंले सबैलाई यही सद्बुद्धि प्रदान गरुन्।

हिन्दूहरुको महान चाड विजया दशमीमा विगतमा जुन उल्लास र उमंग हुन्थ्यो यस पटक छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि आक्रान्त छ । प्रतिदिन बढ्दै गएको संक्रमित र मृत्यु हुनेको संख्याले सन्त्रास छाएको छ ।

कोभिड अझै सकिएको छैन त्यसैले दशैं आफ्नै घर भित्र मनाऔं । घर बाहिर नजाऔं । अरुलाई पनि घरमा ननिम्त्याऔ । भीडभाडमा त जाँदै नजाऔं । भीडभाड हुने खालका कुनै गतिविधि र काम मगरौ । किनकी यतिबेला दशैं मनाउने भन्दा जोगिने कसरी भन्ने सबैको साझा चिन्ता हुन आवश्यक छ । त्यसैमा सबैको भलो छ ।

बडा दशैंको सबैलाई शुभकामना ।

सावित्रा चिलुवाल – गीतकार, निर्माता, कलाकार तथा समाजसेवी

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *