थारू समुदायले ‘यमोसा’ मनाउँदै

काठमाडौं । नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाइँदै छ ।

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारूले सामूहिकरूपमा नै पर्व मनाउन लागेको थारू कल्याणकारिणीसभाका सभापति ललित चौधरीले बताउनुभयो । आदिमकालदेखि यहाँ थारू समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् ।

थारू समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये यो पर्व पनि एक हो । यमोसा पर्व नवलपुर र चितवनका थारू समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारू समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्रश्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारू समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् ।

दशैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारका सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताउनुभयो ।

यो पर्व यहाँका थारूहरुले दुई दिनसम्म धुमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसी–बोका काट्ने चलन छ ।

दोस्रो दिन अर्थात् आज औँसीका दिन बिहानै पुरुष आपूmले दाभी (सिरु÷काँस) काटेर ल्याउ“छन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोइपखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् ।

पहुनीलाई विभिन्न प्रकारका पूmलहरुले सिङ्गारिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तु) र पानी राखिन्छ । आजका दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाएर कुशेऔँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् ।

त्यसपछि आफ्नो क्षमताअनुसार नया“ कपडा वा सफा कपडा लगाएर पहुनीका अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ ।

छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ । छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ ।

पाहुनालाई खुवाएर सकेपछि मात्र आपूmले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाएर काइ“योले कोरिदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरइ’ भनिन्छ ।

आजको दिन घरमा जो–कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारू समुदायको परम्परा छ । यमोसाका दिन पाहुनालाई पितृगणका रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । गाउ“का सबैजना एकै ठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ ।

पहिले–पहिले एउटै रुखमा पा“च÷छ वटा पिङ लगाइन्थ्यो । केटाहरुले सा“झपख गाउ“को बाटोमा ‘म्वार्हा’ गाँड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

आजका दिन बेलुकीपख केटाकेटी समूह–समूहमा मिलेर घरघरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउ“दै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारूहरुले

‘डौलीडौली मोदवा देले दबकाई
बौरीबौरी मोदवा देले निसकाई
मोदहर्नी घुघल बाजे….’

‘भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी …’

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *